+
+
Shares

अमेरिकी सेनाको रिफ्युलिङ विमान इराकमा दुर्घटनाग्रस्त

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २९ गते ९:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी सेनाको केसी–१३५ रिफ्युलिङ विमान पश्चिमी इराकमा दुर्घटनामा परेको छ र एउटा विमान सुरक्षित अवतरण भएको छ।
  • सेनाले विमान दुर्घटना मित्र देशको एयर स्पेसमा भएको र गोलीबारी कारण नभएको पुष्टि गरेको छ।
  • अमेरिकी सेन्ट्रल कमानले दुर्घटना कारणबारे जानकारी नभएको र हताहतीबारे केही सार्वजनिक नभएको बताएको छ।

२९ फागुन, काठमाडौं । अमेरिकी सेनाको एक केसी–१३५ रिफ्युलिङ विमान इराकमा दुर्घटनामा परेको छ । अमेरिकी सेनाले पश्चिमी इराकमा विमान दुर्घटनामा परेको पुष्टि गरेको छ ।

सेनाले ‘मित्र देशको एयर स्पेस’ मा विमान खसेको बताएको छ । दुईवटा विमानमध्ये एउटा विमान सुरक्षित अवतरण भएको छ । रिफ्युलिङ विमान लडाकु विमानमा हावामै इन्धन भर्ने गर्दछन् ।

केसी–१३५ विमान खस्नुको कारणबारे केही जानकारी प्राप्त हुन नसकेको बीबीसीले जनाएको छ । बीबीसीले समाचारमा लेखेको छ, ‘तर, एउटा आशंका छ कि यि विमानहरू हावामा ठोक्किए ।’

अमेरिकी सेन्ट्रल कमानले यो घटना सत्रुको गोलीबारी या आफ्नै सेनाको गोलीबारीका कारण नभएको बताएको छ । विमानमा सवारहरूको संख्या र हताहतीका बारेमा पनि केही जानकारी सार्वजनिक भएको छैन ।

अमेरिकी सेन्ट्रल कमानले भनेको छ, ‘यो घटना इराकको एयर स्पेसमा भएको हो । तर, छिमेकी देश इरानबाट कति दूरीमा छ भन्नेबारेमा केही जानकारी आएको छैन ।’

रिफ्युलिङ ट्यांकर विमान युद्धमा अहम् भूमिका निर्वाह गर्दछन् । यी विमानहरूले लडाकु विमान र बमवर्षक विमानहरूमा हावामै इन्धन दिएर लामो दूरीसम्म उडान भर्न र युद्ध गर्न सक्षम बनाउँछन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?