+
+
Shares

क्लासिक टेकको इन्टरनेट टीभी अफर : १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते १७:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्लासिकटेकले 'एक वर्ष जोड्नुस्, ४ वर्ष हेर्नुस्' अफर ल्याएको छ जसमा ३०० एमबीपीएस इन्टरनेट र आईपीटीभी सेवा ४ वर्षसम्म निःशुल्क पाइनेछ।
  • यस अफरमा ग्राहकले वार्षिक ४० रुपैयाँको दरमा जडान गर्न सक्ने र ५०० रुपैयाँको मासिक मूल्य २०३ रुपैयाँमा पाउने कम्पनीले बताएको छ।
  • कम्पनीले ३ वर्ष टीभी बोनसमा ग्राहकलाई ७ हजार ३२२ रुपैयाँ बराबरको फाइदा हुने उल्लेख गरेको छ।

१६ वैशाख, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकटेकले विशेष अफर ल्याएको छ । ‘एक वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्’ नामक यस अफरमा अब ग्राहकले ३०० एमबीपीएस उच्च गतिको इन्टरनेट र आईपी टीभी जडानमा ४ वर्षसम्म आईपीटीभी सेवाका साथै वाइफाइ सिक्स राउटर पनि निःशुल्क पाउने छन् ।

‘दैनिकको मात्र ४० रुपैयाँको दरले यो अफर वार्षिक जडान गर्न सकिनेछ’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ‘एचडी तथा एसडी प्रिमियम टीभी च्यानलमा इतिहासदेखि मनोरञ्जन बालबालिका , खेलकुदसम्मका सयौं टीभी च्यानल समावेश गरिएको छ।’

यसको मूल्य ५०० प्रतिमहिना पर्न आउने तर अफरमा लिँदा भने २०३ रुपैयाँ पर्ने कम्पनीको भनाइ छ । कुल ३ वर्ष टीभी बोनसमा ग्राहकलाई ७ हजार ३२२ रुपैयाँ बराबरको फाइदा हुने कम्पनीले बताएको छ।

‘ग्राहकको आवाश्यकतालाई मध्यनजर गर्दै १ वर्ष इन्टरनेट तथा आईपीटीभी जडानमा ३ वर्षे निशुल्क सेवा अफर ल्याएका छौं’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?