+
+
Shares

तीन प्रदेशमन्त्रीसहित सात सांसदसँग कांग्रेसले माग्यो स्पष्टीकरण

बुधबार बसेको अनुशासन समितिको वैठकले प्रतिनिधिसभा निर्वाचनमा आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै ती नेताहरूसँग स्पष्टीकरण मागेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते १९:०७

१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले तीन जना प्रदेश सरकारका मन्त्रीसहित सात प्रदेश सांसदसँग स्पष्टीकरण मागेको छ । बुधबार बसेको अनुशासन समितिको वैठकले प्रतिनिधिसभा निर्वाचनमा आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै ती नेताहरूसँग स्पष्टीकरण मागेको हो ।

स्पष्टीकरणमा परेका नेतामा मन्त्रीहरूमा लुम्बिनी प्रदेशका वनमन्त्री देवकरणप्रसाद कलवार (महासमिति सदस्य), कोशी प्रदेशका मन्त्री प्रदीप सुनुवार(पूर्व केन्द्रीय सदस्य) र लुम्बिनी प्रदेशका यातायात तथा पर्यटन मन्त्री प्रचण्डविक्रम न्यौपाने छन् ।

अन्य प्रदेश सांसदमा लुम्बिनी प्रदेश सभाका सांसद(प्रदेश उपसभापति) राजु खनाल, मधेश प्रदेशका सांसदहरू जंगीलाल राय, सकुन्तीदेवी महरा र कौशलकिशोर रायसँग पनि स्पष्टीकरण सोधिएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

उनीहरूलाई पाँच दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?