News Summary
Generated by OK AI. Editorially reviewed.- सोपान फर्मास्यूटिकल्सको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ।
- कम्पनीले वैशाख ३ देखि ८ गतेसम्म ३४ लाख ७४ हजार ९०० कित्ता सेयरमा आवेदन खुलाएको थियो।
- आईपीओमा २७ लाख ३० हजार ९८७ जनाको आवेदन स्वीकृत भएको थियो र ३ लाख ४७ हजार ४९० जनाले सेयर पाएका छन्।
१७ वैशाख, काठमाडौं । सोपान फर्मास्यूटिकल्सको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ। सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले एक औपचारिक कार्यक्रम गरी बाँडफाँट गरेको हो ।
गत वैशाख ३ गतेदेखि ८ गतेसम्म कम्पनीले आम सर्वसाधारणका लागि अंकित मूल्य १ सयका दरले ३४ लाख ७४ हजार ९०० कित्ता साधारण सेयरमा आवेदन खुलाएको थियो । सो सेयरमा कुल २७ लाख ३० हजार ९८७ जनाको आवेदन स्वीकृत भएको थियो ।
गोला प्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार ३ लाख ४७ हजार ४९० जनाले १० कित्ताका दरले सेयर पाएका छन् । बाँकी २३ लाख ८३ हजार ४९७ जनाको हात रित्तो भएको छ । आईपीओको नतिजा सीडीएससीको वेबसाइटबाट हेर्न सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4