+
+
Shares

वैदेशिक रोजगारीमा रहेकालाई सोपान फर्मास्युटिकल्सको आईपीओ खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ९ गते १२:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोपान फर्मास्युटिकल्सको आईपीओमा वैदेशिक रोजगारीमा रहेकालाई ४ लाख २९ हजार कित्ता सेयर निष्कासन हुन लागेको छ।
  • आईपीओमा न्यूनतम १० र अधिकतम ११ हजार कित्तासम्म आवेदन चैत १२ गतेसम्म दिन सकिनेछ।
  • कम्पनीलाई केयर रेटिङ नेपालले बी रेटिङ प्रदान गरेको छ र साधारण लगानी फिर्ता अवधि ८.११ वर्ष रहेको छ।

९ चैत, काठमाडौं । वैदेशिक रोजगारीमा रहेकालाई सोपान फर्मास्युटिकल्सको आईपीओमा आवेदन खुलेको छ । अंकित मूल्य १ सयका दरले जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत अर्थात् ४२ लाख ९० हजार कित्ता सेयर आईपीओ सर्वसाधारण समूहमा निष्कासन हुन लागेको हो ।

वैदेशिक रोजगारमा रहेकालाई ४ लाख २९ हजार कित्ता सेयर निष्कासन हुन लागेको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ । वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासनपश्चात कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई निष्कासन गर्नेछ । आम सर्वसाधारणका लागि ३४ लाख ७४ हजार ९०० कित्ता सेयर निष्कासन हुने छ ।

वैदेशिक रोजगारमा रहेकाले आजदेखि चैत १२ गतेसम्म न्यूनतम १० तथा अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । ढिलोमा चैत २३ गतेसम्म आवेदन खुल्न सक्नेछ ।

केयर रेटिङ नेपालले कम्पनीलाई बी रेटिङ प्रदान गरेको छ। कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ८.११ वर्ष रहेको छ । गत पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ९२.८५ रुपैयाँ तथा प्रतिसेयर आम्दानी ०.७० रुपैयाँ छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?