९ चैत, काठमाडौं । १५ लाख ३० हजार नेपाली रुपैयाँसहित पक्राउ परेका व्यक्ति र समूहमाथि अनुसन्धान गर्दा करिब डेढ अर्बको अवैध क्रिप्टो करेन्सी कारोबार भएको खुलेको छ ।
सामाखुसीबाट दिप्ती पोखरेललाई १५ लाख ३० हजार रुपैयाँसहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । उनीमाथि अनुसन्धान गर्दा क्रिप्टो कारोबारको विवरण भेटिएको थियो । सो क्रममा अनुसन्धान गर्दा अरु दुई जना पक्राउ परेका छन् ।
प्रहरीले भारतीय नागरिक प्रवेश अली र बाँकेका नरेश रेउलेलाई पनि पक्राउ गरेको छ । सो क्रममा १ करोड ३६ लाख ८० हजार ५८० रुपैयाँको क्रिप्टो कारोबार भेटिएको हो ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4