News Summary
Generated by OK AI. Editorially reviewed.- सोपान फर्मास्युटिकल्सले ४२ लाख ९० हजार कित्ता प्राथमिक सेयर सर्वसाधारणका लागि बिहीबारदेखि निष्कासन गरेको छ।
- कम्पनीले १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी गरेको हो।
- आईपीओमा न्यूनतम १० र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सकिनेछ र आवेदन वैशाख ८ गतेसम्म खुला रहनेछ।
३ वैशाख काठमाडौं । बिहीबारदेखि आम सर्वसाधारणका लागि सोपान फर्मास्युटिकल्सको प्राथमिक सेयर (आईपीओ) खुलेको छ ।
कम्पनीले अंकित मूल्य १ सयका दरले जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत अर्थात् ४२ लाख ९० हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो ।
जसमध्ये वैदेशिक रोजगारमा रहेका, सामूहिक लगानी कोष, कर्मचारीका लागि बाँडफाँट गरेपछि बाँकी रहेको ३४ लाख ७४ हजार ९०० कित्ता सेयर सर्वसाधारणमा निष्कासन भएको हो।
कम्पनीको आईपीओमा न्यूनतम १० तथा अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। सर्वसाधारणले वैशाख ८ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्ने बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।
केयर रेटिङ नेपालले कम्पनीलाई बी रेटिङ प्रदान गरेको छ। कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ८.११ वर्ष रहेको छ । गत पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ९२.८५ रुपैयाँ तथा प्रतिसेयर आम्दानी ०.७० रुपैयाँ छ ।
प्रतिक्रिया 4