News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल एयरलाइन्सले भारतको गलत नक्सा सार्वजनिक गरेपछि भोजपुरी सुपरस्टार खेसारीलाल यादवले तीव्र विरोध जनाएका छन्।
- नेपाल एयरलाइन्सले विवादित नक्सा हटाएर माफी मागेको छ र त्रुटि स्वीकार गरेको छ।
- खेसारीले माफी पोस्ट पुनःपोस्ट गर्दै 'भाई हमार' लेखेर प्रतिक्रिया दिएका छन्।
भोजपुरी फिल्म उद्योगका सुपरस्टार खेसारीलाल यादवले नेपाल एयरलाइन्सविरुद्ध ब्यंग्य कसेका छन् । नेपाल सरकारको स्वामित्वमा रहेको एयरलाइन्सले भारतको गलत नक्सा सार्वजनिक गरेपछि उनले प्रतिक्रिया दिएका हुन् ।
एयरलाइन्सले सामाजिक सञ्जालमा राखेको एक प्रचार सामग्रीमा भारत प्रशासित जम्मु-कश्मीर क्षेत्रलाई पाकिस्तानको भूभागको रूपमा देखाएको थियो । विषय बाहिरिएपछि भारतमा तीव्र आलोचना भयो, र त्यसमा खेसारी पनि खुलेरै विरोधमा उत्रिएका थिए ।
आज बिहान नेपाल एयरलाइन्सले उक्त पोस्ट हटाउँदै सार्वजनिक रूपमा माफी मागेको छ । त्यसपछि खेसारीले पनि आफ्नो प्रतिक्रिया दिएका छन् । उनले एयरलाइन्सको माफीनामा सामाजिक सञ्जाल ‘एक्स’ मा पुनःपोस्ट गर्दै लेखेका छन्, ‘यति गाह्रो अंग्रेजी त बुझ्न सकिएन, तर लाग्यो माफी मागिएको छ । भाई हमार !’
४० वर्षीय खेसारीले भोजपुरी फिल्म क्षेत्रमा ७० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् भने ५ हजारभन्दा बढी गीतमा स्वर दिएका छन् ।
यसअघि छिमेकी देश नेपालको सरकारी कम्पनी नेपाल एयरलाइन्सले भारतको गलत नक्सा सार्वजनिक गरेपछि यादवले स्पष्ट रूपमा विरोध जनाएका थिए ।
अंग्रेज़ी तो नहीं समझ पाए इतना भारी लेकिन लगा की माफ़ी माँग लिया गया हैं।
भाई हमार 🫂 https://t.co/LleSyOIAuN
— Khesari Lal Yadav (खेसारी) (@khesariLY) April 30, 2026
‘मेहन्दी लगा के रखना’ र ‘संघर्ष’ जस्ता सफल फिल्मका अभिनेता खेसारीले दुई छुट्टाछुट्टै ट्वीट गर्दै भनेका थिए, ‘नेपाल एयरलाइन्सले भारतको नक्सामा यस्तो छेडछाड किन गर्यो, विशेषगरी जम्मु–कश्मीरको विषयमा ? के सोचेर यस्तो गरिएको हो, कसैले बताउन सक्छ ? यो सामान्य कुरा होइन, जानाजानी गरिएको जस्तो देखिन्छ । यसलाई उक्साउने काम भनिन्छ ।’
पछि नेपाल एयरलाइन्सले विवादित नक्सासहितको पोस्ट हटाएपछि यादवले अर्को प्रतिक्रिया दिएका थिए ।
उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘माई डियर नेपाल एयरलाइन्स, पोस्ट डिलिट गरेर पन्छिन पाइँदैन । यसको जवाफ दिनैपर्छ । या त माफी माग्नुहोस्, होइन भने किन यस्तो गरियो भन्ने स्पष्ट पार्नुहोस् । यति शान्त र राम्रो छिमेकी देश अन्ततः कस्तो परिस्थितिमा यस्तो गल्ती गर्न पुग्यो ?’
निगमले बिहीबार बिहान आफूबाट गल्ती भएको स्वीकार गर्दै माफी मागेको छ र उक्त नक्सा सामाजिक सन्जालबाट हटाइएको जानकारी दिएको छ ।
‘हाम्रा सामाजिक सन्जालमार्फत् हालै साझा गरिएको नेटवर्क नक्सामा भएको त्रुटिका लागि हामी क्षमायाचना गर्दछौं,’ एयरलाइन्सले भनेको छ, ‘उक्त नक्सामा अन्तर्राष्ट्रिय सीमासम्बन्धी गम्भीर नक्सांकन त्रुटिहरु थिए ।’ सो नक्साले नेपाल वा नेपाल एयरलाइन्सको आधिकारिक धारणा प्रतिबिम्बित नगर्ने पनि स्पष्ट पारिएको छ ।
सो नक्सा हटाइसकेको र त्रुटिबारे आन्तरिक समीक्षा गरिरहेको एयरलाइन्सले जनाएको छ ।
नवभारत टाइम्सबाट ।
प्रतिक्रिया 4