+
+
Shares

ट्रेड युनियन खारेज गर्ने सरकारको तयारीमा विपक्षीको विरोध

सरकारले ट्रेड युनियन खारेज गर्ने तयारी गरेको भन्दै विपक्षी तीन दलले आपत्ति जनाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १७ गते १३:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले ट्रेड युनियन खारेज गर्ने तयारी गरेको भन्दै कांग्रेस, एमाले र नेकपाले आपत्ति जनाएका छन्।
  • तीन दलले मदजुरको पेशागत हकहित र लोकतान्त्रिक आन्दोलनमा भूमिका निर्वाह गरेका संगठन खारेजीको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।
  • तीन दलले राष्ट्रसेवक कर्मचारीको संगठन खारेजीको तयारीलाई अलोकतान्त्रिक र जनविरोधी भनेका छन्।

१७ वैशाख, काठमाडौं । सरकारले ट्रेड युनियन खारेज गर्ने तयारी गरेको भन्दै विपक्षी तीन दलले आपत्ति जनाएका छन् ।

आज बसेको कांग्रेस, एमाले र नेकपाको संयुक्त बैठकले मदजुरको पेशागत हकहित र अधिकारसँगसँगै मुलुकको लोकतान्त्रिक आन्दोलनमा भूमिका निर्वाह गरेका संगठन खारेजीको निर्णय तत्काल फिर्ता लिन माग गरेको हो ।

त्यस्तै सार्वजनिक प्रशासनमा क्रियाशील रहेका राष्ट्रसेवक कर्मचारीको संगठन खारेजीको तयारीप्रति पनि तीन दलले आपत्त जनाएका छन् । उनीहरूले सरकारको यस निर्णयलाई अलोकतान्त्रिक र जनविरोधी भनेका छन् ।

‘यी संगठनहरु खारेज गर्ने सरकारको निर्णय दुर्भाग्यपूर्ण रहेको छ । त्यसैले राष्ट्रसेवकका संगठनहरु खारेज गर्ने निर्णय अभिलम्ब फिर्ता गर्न माग गर्दछौं’ तीन दलको निर्णयमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?