+
+
Shares

सन्तोषी पाण्डेको कविता संग्रह ‘सुमेरण’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १७ गते १८:०९

काठमाडौं । बैंकिङ क्षेत्रमा आबद्ध सन्तोषी पाण्डेको कविता संग्रह ‘सुमेरण’ हालै सार्वजनिक भएको छ । यो उनको पहिलो कृति हो । संग्रहमा समावेश कविताहरूमा आफ्नो अनुभूति, संवेदना र जीवनका विविध पक्ष समेटिएको लेखक पाण्डेले बताइन् ।

‘सुमेरण’ भित्र समावेश कविताहरूमा उनले प्रेम, समय, सम्बन्ध तथा आत्मिक भावनाहरूलाई सरल तर गहिरो शैलीमा प्रस्तुत गरेकी छिन् । साहित्यिक क्षेत्रमा पहिलो प्रयास भए पनि यस कृतिले पाठकमाझ सकारात्मक प्रभाव पार्ने अपेक्षा रहेको उनले बताइन् ।

बैंकिङ पेशामा आबद्ध रहे पनि पाण्डेले साहित्यप्रतिको आफ्नो लगावलाई निरन्तरता दिँदै आगामी दिनमा थप कृतिहरू ल्याउने योजना रहेको सुनाइन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?