+
+
Shares

कुलेश्वरको साई श्री फुड्सलाई विभागको कारबाही, ५१ फर्मलाई सामान्य निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १७ गते १८:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकामा गरेको अनुगमनमा साई श्री फुड्स प्रालिलाई २० हजार रुपैयाँ जरिवाना तिराएको छ।
  • विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३९(१)(क) अनुसार जरिवाना गरेको जनाएको छ।
  • अनुगमनमा कुल ५२ वटा फर्म तथा कम्पनीमध्ये अन्य ५१ वटा फर्मलाई सामान्य निर्देशन दिइएको छ।

१७ वैशाख, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार एक फर्मलाई २० हजार रुपैयाँ जरिबाना तिराएको छ ।

विभागले बिहीबार काठमाडौं उपत्यकामा गरेको बजार अनुगमनका क्रममा काठमाडौं महानगरपालिका–१४, कुलेश्वरमा रहेको साई श्री फुड्स प्रालिलाई उक्त जरिबाना तिराएको हो ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३९(१)(क) अनुसार जरिबाना गरिएको विभागले जनाएको छ ।

विभागले कुल ५२ वटा फर्म तथा कम्पनीको अनुगमन गरेको थियो । त्यसक्रममा अन्य ५१ वटा फर्मलाई सामान्य निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?