+
+
Shares

अनामनगरको धोबीखोला किनारका सुकुमवासी बस्ती छाडेर हिँड्न थाले

बिहीबार साँझ त्यहाँबाट सुकुमवासीहरू झोटिझिम्टी बोकेर हिँडिरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १७ गते १८:५२

१७ वैशाख, काठमाडौं । सरकारले भोलि डोजर लगाउने भनेर माइकिङ गर्न थालेपछि अनामनगरको धोबीखोला छेउका सुकुमवासी पनि बस्ती छाडेर हिँड्न थालेका छन् । बिहीबार साँझ त्यहाँबाट सुकुमवासीहरू झोटिझिम्टी बोकेर हिँडिरहेका छन् ।

आज दिउँसो मात्रै त्यहाँ भोलिदेखि सरकारले डोजर चलाएर घरसंरचना भत्काउने भन्दै माइकिङ गरेको थियो । माइकिङ सुनेपछि आफूसँग भएका सामान जोगाउन सामान सार्न लागेको एक सुकुमवासीले बताए । अली बढी सामान भएकाहरूले गाडीमा सामान ओसारिरहेका छन् ।

सरकारले यसअघि वैशाख १२ गतेबाट काठमाडौंको थापाथली, मनोहरा, सिनामंगललगायतका क्षेत्रका सुकुमवासी बस्तीमा डोजर चलाएको थियो ।

बाँकी ठाउँमा भोलिबाट भोलिबाट डोजर लगाउने सूचना जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?