१८ वैशाख, काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले संसद सचिवालयमा दर्ता भएका दुई विधेयकलाई अविलम्ब सदनमा पेश गरी छलफल अगाडि बढाउन सभामुखसँग आग्रह गर्ने निर्णय गरेको छ ।
दलका नेता तथा मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय तथा बरघर र भलमन्सा प्रथा संरक्षण सम्बन्धी विधेयक अघि बढाउन आग्रह गर्ने निर्णय गरेको हो ।
सरकारले संसद सचिवालयमा २०८१ साल चैत ३ गते टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय व्यवस्था गर्न बनेको विधेयक तथा २०८२ साल जेठ २१ गते बरघर र भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सचिवालयमा दर्ता गरेको थियो ।
संसद सचिवालयमा दर्ता भएको एक वर्ष बितिसक्दा पनि ती विधेयकहरू सदनमा पेश नभई छलफलसमेत हुन नसकेकोप्रति बैठकले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
यस अवस्थाले संसदको कार्यप्रणालीमाथि नै प्रश्न उठ्ने भन्दै संसदीय दलले ती विधेयकहरूलाई अविलम्ब सदनमा पेश गरी आवश्यक छलफल अगाडि बढाउन सभामुखलाई आग्रह गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया 4