News Summary
Generated by OK AI. Editorially reviewed.- इरानमा सरकार विरोधी प्रदर्शनका क्रममा पक्राउ परेका २१ वर्षीय सासन आजादवर जोगानीलाई फाँसी दिइएको छ।
- आजादवरलाई जनवरीमा प्रदर्शनमा सरकारी अधिकारीहरू सवार मिनीबसमा ढुंडा र लाठी प्रहार गरेको आरोपमा पक्राउ गरिएको थियो।
- उनको अन्तिम संस्कार सुरक्षित क्षेत्रमा गरिएको र १० जना आफन्तलाई मात्र सहभागी हुन अनुमति दिइएको छ।
१८ वैशाख, काठमाडौं । इरानमा सरकार विरोधी प्रदर्शनका क्रममा पक्राउ परेका २१ वर्षीय युवकलाई फाँसी दिइएको छ ।
इरानको इस्फहानका २१ वर्षीय सासन आजादवर जोगानीलाई सरकारविरोधी प्रदर्शनमा सहभागी भएको आरोपमा फाँसी दिइएको हो ।
उनलाई जनवरीमा सरकारविरोधी प्रदर्शनका क्रममा पक्राउ गरिएको थियो । आजादवरलाई इस्फहानको दस्तगर्द जेलमा फाँसी दिइएको बीबीसीले जनाएको छ ।
समाचारमा उनको अन्तिम संस्कार बिहीबार दिउँसो एक ‘सुरक्षित क्षेत्र’ मा गरिएको र १० जना आफन्तलाई मात्रै सहभागी हुने अनुमति सरकारले दिएको उल्लेख छ ।
इरानको इस्लामिक गणराज्यको न्यायपालिकाले जनवरीमा सरकार ढाल्ने उद्देश्यले गरिएको प्रदर्शनका दौरान आजादवरले सरकारी अधिकारीहरू सवार मिनीबसमा ढुंडा र लाठी प्रहार गरेको, बसको सिसा तोडेको र अधिकारीहरूमाथि ढुंगा र ईट फ्याकेको बताएको छ ।
इरानी न्यायपालिकाका अनुसार युवकले शासन सत्ता ढाल्ने उद्देश्यले आफ्ना साथीहरूलाई प्रदर्शनमा सहभागी हुन आग्रह गरेको स्वीकार गरेका थिए ।
प्रतिक्रिया 4