+
+
Shares

नारायणगढ-मुग्लिन सडक पूर्णरुपमा सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २० गते १२:५८
फाइल तस्वीर

२० वैशाख, चितवन । पहिरोका कारण प्रभावित भएको नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा आएको छ ।

वर्षाका कारण आज बिहान दुई ठाउँमा पहिरो जाँदा सवारी आवागमन प्रभावित भएको थियो । उक्त सडकखण्डको तुइन खोला र पानीधारामा ढुङ्गासहितको पहिरो खस्दा बिहान सडक अवरुद्ध भएको थियो ।

बिहान ५:४५ बजे पहिरो खसेपछि तुइनखोलामा सडक एकतर्फी रुपमा मात्रै सञ्चालन भएको थियो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अहिले सडक पूर्ण रुपमा सञ्चालन भइसकेको छ ।

भरतपुरबाट डोजर मगाएर सडक दुईतर्फी खुलाइएको उनले बताउ । पानीधारमा पहिरो भने बिहानै हटाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?