News Summary
Generated by OK AI. Editorially reviewed.- इजरायली सेनाले दक्षिणी लेबनानका ११ शहर र गाउँका बासिन्दालाई तुरुन्तै घर खाली गर्न र कम्तीमा १ हजार मिटर खुला क्षेत्रमा सर्न चेतावनी दिएको छ।
- सेनाले हेजबुल्लाह विरुद्ध युद्धविराम उल्लङ्घनको आरोप लगाउँदै कारबाही गरेको र लडाकुहरू वा तिनीहरूको नजिकका जो कोहीलाई खतरामा पर्न सक्ने चेतावनी दिएको छ।
- इजरायलले दक्षिणी लेबनानमा बारम्बार हवाई आक्रमण गर्दै आएको र हिजबुल्लाहका संरचनाहरू भएको दाबी गरिएका भवनहरू ध्वस्त पारेको छ।
इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका शहर र गाउँका बासिन्दाहरूलाई तुरुन्तै आफ्नो घर खाली गर्न चेतावनी दिएको छ ।
शहर र गाउँभन्दा कम्तीमा १ हजार मिटर खुला क्षेत्रमा सर्न इजरायली सेनाले उनीहरूलाई चेतावनी दिएको हो ।
रोयटर्सका अनुसार सेनाले दक्षिणी लेबनानका ११ शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका द इन्डिपेन्डेन्टका अनुसार सेनाले यो कारबाही हेजबुल्लाह विरुद्ध भएको दाबी गरेको छ ।
सेनाले युद्धविराम सम्झौता उल्लङ्घन गरेकोमा हेज्बुल्लाह विरुद्ध कारबाही गरिएको बताएको छ । यसले हेज्बुल्लाह लडाकुहरू वा उनीहरूको स्थान नजिक भेटिने जो कोही पनि खतरामा पर्न सक्ने चेतावनी दिएको छ ।
इजरायलले दक्षिणी लेबनानमा बारम्बार हवाई आक्रमण गर्दै आएको छ । सेनाले हिजबुल्लाहका संरचनाहरू भएको दाबी गरिएका धेरै भवनहरू ध्वस्त पारेको छ।
इरान समर्थित यो सशस्त्र समूहले लेबनान र उत्तरी इजरायलमा इजरायली सेनामाथि ड्रोन र मिसाइल आक्रमण पनि गरिरहेको छ ।
प्रतिक्रिया 4