News Summary
Generated by OK AI. Editorially reviewed.- सभामुख डोलप्रसाद अर्यालले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले एउटै स्पिरिटमा काम गर्नसके मुलुकले ठूलो फड्को मार्नसक्ने बताए।
- उनले शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधार विकासलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
- अर्यालले कानुन निर्माण प्रक्रिया प्रधानमन्त्रीको गतिअनुसार अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
२० वैशाख, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले राज्यका तीनै अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले एउटै स्पिरिटमा काम गर्नसके मुलुकले छोटो समयमा ठूलो फड्को मार्नसक्ने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले मुलुकको विकासका लागि शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधार विकासलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
उनले सरकार र संसद्बीचको समन्वयलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीको गतिअनुसार कानुन निर्माण प्रक्रिया अघि बढाउने दाबी समेत गरे ।
उनले आफ्नो कार्यकाल मुख्यतः कानुन निर्माण तथा त्यसको कार्यान्वयनका लागि कार्यपालिकालाई निर्देशित गर्ने भूमिका प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
उनले भने, ‘कानुन निर्माणदेखि मुलुकको भौतिक विकासलगायत शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई मिलाएर काम गर्नुपर्नेछ । त्यसमा यहाँहरूको साथ, सहयोग र समर्थन रहिरह्यो भने मलाई लाग्छ छिटोभन्दा छिटो ठूलै फड्को मार्न सकिन्छ । अहिले प्रधानमन्त्रीज्यूको जुन दौड छ, कानुन निर्माण पनि त्यही गतिमा गर्ने प्रतिबद्धता व्यक्त गरेको छु ।’
देश र नागरिकले जित्नेगरी अबको पाँच वर्ष मुलुकलाई अघि बढाउनुपर्नेमा उनको जोड छ ।
प्रतिक्रिया 4