+
+
Shares

बीपी राजमार्गमा लापरबाही गरेर माइक्रो बस चलाउने ५ चालक नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २२ गते ८:००

२२ वैशाख, काभ्रेपलाञ्चोक । बाढीबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरी तथा ट्राफिक प्रहरीबाट खटिएको प्रहरी टोलीहरूले सुरक्षित स्थानमा रोक्दा रोक्दै लापरबाहीपूर्ण तरिकाले माइक्रोबस चलाउने पाँच जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यात्रुहरूको जीउधनलाई समेत खतरा पुर्‍याइ सवारी चलाएको आरोपमा पक्राउ परेका ५ चालकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय कार्यपलाञ्चोकको हिरासतमा राखी अनुसन्धान गरिरहेको एसपी कोमल शाहले जानकारी दिए ।

सोमबार साँझदेखि अविरल परेको पानीको कारण रोशी खोलाको बहाव बढ्न गई रोशी खोलाको बीच भागमा फसेका पाँचवटा माइक्रोबसका ८९ जना यात्रुहरूलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहभागितामा राती १:०० बजे उद्धार गरि गन्तव्यसम्म पुर्‍याएको थियो ।

यो समय बीपी राजमार्ग भई यात्रा गर्दा जहिले पनि सूचना वा पूर्वजानकारी लिएर र प्रहरीको सुझावलाई समेत आत्मसात गरेर यात्रा गर्न जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?