+
+
Shares
क्रिकेट विश्वकप लिग टू :

आसिफको १४औं ओडीआई अर्धशतक

यूएई विरुद्धको खेलमा पहिलो बेन्चमा बसेका आसिफले आज ओमान विरुद्ध पहिलो रोजाइमा फर्कँदै अर्धशतक बनाएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २२ गते ११:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आसिफ शेखले आईसीसी क्रिकेट विश्वकप लिग टू सिरिजमा ओमानविरुद्ध ६६ बलमा ५ चौका र १ छक्का सहित अर्धशतक प्रहार गरेका छन्।
  • विनोद भण्डारी पहिलो बलमै आउट भए भने आसिफ र अर्जुन कुमालले दोस्रो विकेटका लागि शतकीय साझेदारी गरेका छन्।
  • आसिफ ओडीआईमा नेपालका लागि दोस्रो सर्वाधिक रन बनाउने खेलाडी हुन् र आज पहिलो रोजाईँमा फर्केर अर्धशतक बनाएका छन्।

२३ वैशाख, काठमाडौं । आसिफ शेखले आईसीसी क्रिकेट विश्वकप लिग टू सिरिज अन्तर्गत ओमानसँग भइरहेको खेलमा अर्धशतक प्रहार गरेका छन् ।

ओडीआईमा आसिफको यो १४औं अर्धशतक हो । विनोद भण्डारीसँगै ओपनिङ गरेका आसिफले ६६ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् ।

विनोद भण्डारी भने पहिलो बलमै आउट भए । ओमानले पहिलो ओभर मेडन राखेको थियो । त्यसपछि स्ट्राइक परिवर्तन हुँदा विनोद दोस्रो ओभरको पहिलो बलमै खाता नखोली आउट भए ।

त्यसपछि आसिफ र अर्जुन कुमाल मिलेर नेपालको इनिङ्स सम्हालिरहेका छन् । यो जोडीले दोस्रो विकेटका लागि शतकीय साझेदारी गरिसकेका छन् ।

आसिफ ओडीआईमा नेपालका लागि सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानमा छन् । कप्तान रोहित पौडेलले ओडीआईमा नेपालका लागि सर्वाधिक रन बनाएका छन् ।

६६औं ओडीआई खेल खेलिरहेका आसिफले एक शतक समेत प्रहार गरेका छन् ।

यसअघि यूएई विरुद्धको खेलमा पहिलो बेन्चमा बसेका आसिफले आज ओमान विरुद्ध पहिलो रोजाइमा फर्कँदै अर्धशतक बनाएका हुन् ।

May be an image of text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?