+
+
Shares

वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध

केही दिनयताको वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २२ गते १३:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले सोमबार राति इलाम, काभ्रे र रोशीका सडकखण्डहरू पूर्ण रूपमा अवरुद्ध भएको जानकारी दिए।
  • वैशाख १२ र १६ गतेको बाढी र पहिराले भोजपुर, म्याग्दी र लमजुङका मध्यपहाडी लोकमार्गहरू एकतर्फी सञ्चालनमा रहेको छ।
  • प्रहरीले वर्षात्‌को समयमा बाढीपहिरो जोखिमका कारण अवरुद्ध तथा एकतर्फी राजमार्गमा सुरक्षित र सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ।

२२ वैशाख, काठमाडौँ । केही दिनयताको वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध भएका छन् ।

सोमबार राति इलाम रोङ गाउँपालिका–६ सलकपुर स्थित भित्री कच्ची सडकखण्ड, काभ्रे नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिका–७ घुमाउने, चारसयबेँसीस्थित बिपी राजमार्ग सडक पूर्ण रूपमा अवरुद्ध भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

‘यही वैशाख १२ गतेको बाढीले अवरुद्ध भएको भोजपुर नगरपालिका–५ बोखिमको मध्यपहाडी लोकमार्ग, १६ गतेको पहिराले अवरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेस्थित बेनी–जोमसोम सडकखण्ड तथा लमजुङ मध्यनेपाल नगरपालिका–१० बिमिरेभन्ज्याङस्थत मध्यपहाडी लोकमार्ग भने एकतर्फी रूपमा सञ्चालन भएका छन्,’ उनले भने ।

वर्षात्‌को समयमा बाढीपहिरोको जोखिम बढी हुने भएकाले अवरुद्ध भएका र एकतर्फी सञ्चालन भएका राजमार्गमा यात्रा गर्दा सुरक्षित एवं सावधानी तरिकाले यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?