+
+
Shares

कांग्रेस संसदीय दलका नेता भन्छन्- सरकारले सुकुमवासीमाथि ‘डोजर आतंक’ मच्चायो

पार्टीको संसदीय समन्वय बोर्डको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता आङ्देम्बेले सरकारको कार्यशैली मानवीय मूल्य र मान्यता विपरीत रहेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २२ गते १८:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले सुकुमवासी व्यवस्थापनका नाममा ‘डोजर आतंक’ मच्चाएको आरोप लगाएका छन्।
  • उनले सुकुमवासी बस्ती हटाउँदा सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिकको अवस्था दयनीय बनेको र केहीको मृत्यु भइसकेको बताए।
  • नेता आङ्देम्बेले राज्यको व्यवहार नसच्याए सहयोगी हातहरू प्रतिवाद र प्रतिकारमा उत्रने चेतावनी दिएका छन्।

२२ वैशाख, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले सुकुमवासी व्यवस्थापनका नाममा ‘डोजर आतंक’ मच्चाएको आरोप लगाएका छन् ।

पार्टीको संसदीय समन्वय बोर्डको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता आङ्देम्बेले सरकारको कार्यशैली मानवीय मूल्य र मान्यता विपरीत रहेको बताए ।

नेता आङ्देम्बेले सुकुमवासी बस्ती हटाउने नाममा राज्यले जनतालाई मर्न बाध्य पारेको भन्दै चिन्ता व्यक्त गरे ।

वास्तविक सुकुमवासीको लगत संकलन नगरी हचुवाका भरमा डोजर चलाउँदा होल्डिङ सेन्टरहरूमा सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिकको अवस्था दयनीय बनेको र केही व्यक्तिको मृत्युसमेत भइसकेको उनको भनाइ छ ।

राज्यले आफ्नो व्यवहार नसच्याए सहयोगी हातहरू प्रतिवाद र प्रतिकारमा उत्रने चेतावनी दिँदै उनले यसको जिम्मेवार सरकार नै हुनुपर्ने बताए ।

उनले भने, ‘नदी किनारलाई व्यवस्थित गर्ने र सफा बनाउने कार्यमा हाम्रो सकारात्मक सहयोग रहन्छ, तर सुकुमवासी उठाउने नाममा राज्यले जसरी आतंक मच्चाइरहेको छ, यसले मानवीय संवेदना र कानुनी पाटो दुवैलाई उल्लंघन गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?