+
+
Shares

पूर्वका कक्षाकोठामा पुगेर प्रचारमा जुट्यो ‘रोल नं. १’

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते १२:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कथानक फिल्म ‘रोल नं १’ ले पूर्वी नेपालका झापा, मोरङ र सुनसरीका विद्यालयमा प्रवर्धन अभियान थालेको छ।
  • फिल्मको प्रचार नारा ‘हामी आउँदैछौँ तपाईंको कक्षाकोठामा, सुन्न तपाईंको मन कुरा...’ राखिएको छ।
  • फिल्मले वर्तमान शैक्षिक प्रणालीको आलोचना गर्दै विद्यार्थीमा परेको नकारात्मक असरलाई चित्रण गर्ने निर्माता विनोद पौडेलले बताए।

काठमाडौं । कथानक फिल्म ‘रोल नं १’ ले पूर्वी नेपालबाट प्रवर्धन अभियान थालेको छ । फिल्मको टोलीले झापा, मोरङ र सुनसरीका विद्यार्थीलाई भेटेर फिल्मबारे बताउनेछ ।

प्रचारको पहिलो चरण पूर्वका सहरबाट थालिएको हो । प्रचारको नारा नै ‘हामी आउँदैछौँ तपाईंको कक्षाकोठामा, सुन्न तपाईंको मन कुरा…’ राखिएको छ । फिल्मको स्लोगन नै हरेक विद्यार्थीको कथा भनिएको छ ।

विद्यालयका पुगेका कलाकारबाट विद्यार्थीले फिल्मबारे सुन्न थालेको निर्माता विनोद पौडेलले बताए । ‘हामीले विद्यार्थीका कुरा पनि सुन्न थालेका छौं’ उनले भने ।

यो प्रचार यात्रामा कलाकार मुकुन भुसाल, रेणु योगी र प्रशान्त शिवाकोटी सहभागी छन् । म्याग्दीको रुम गाउँमा छायांकन गरिएको फिल्मले शिक्षाका लागि पात्रले गर्ने संघर्ष र संवेदनाको कथा भन्छ ।

फिल्मले अहिलेको शैक्षिक प्रणालीलाई प्रश्न गर्ने निर्माता पौडेलको कथन छ । गलत शैक्षिक प्रणाली र अभ्यासले आम विद्यार्थीमा परिरहेको नकारात्मक असरलाई फिल्मले चित्रण गर्ने उनको भनाइ छ ।

कथावस्तु शिक्षामा आधारित भएकाले प्रचार पनि विद्यालय लक्षित गरिएको उनले बताए । जोन योञ्जन निर्देशित यो फिल्म गणतन्त्र दिवसको छेकोमा १५ जेठदेखि देशब्यापी प्रदर्शन तयारीमा छ ।

फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारीको शीर्ष भूमिका छ । बालकलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ छन् ।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको फिल्मको सह-निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । यो फिल्मलाई महेश दवाडीले लेखेका हुन् । छायांकन शिवराम श्रेष्ठको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?