+
+
Shares

दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते १५:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विशेष अदालतले हिरासतमा रहेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
  • व्यवसायी भट्टलाई चैत १९ गते र सुलभ अग्रवाललाई चैत २२ गते सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ गरिएको हो।
  • सुलभ अग्रवालको हकमा छैटौंपटक र दीपक भट्टको हकमा पाँचौंपटक म्याद थप गरिएको छ।

२३ वैशाख, काठमाडौं । विशेष अदालतले हिरासतमा रहेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई १२ दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको छ ।

सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) को कसुरमा उनीहरूलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।

बुधबार विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

सुलभ शंकर ग्रुपका सञ्चालक हुन् । उनको हकमा छैटौंपटक म्याद थप भएको हो भने व्यवसायी भट्टको हकमा पाँचौँपटक म्याद थप भएको हो ।

सम्पत्ति शुद्धीकरण विभागले  नेपाल प्रहरीको केन्द्रीय अन्सन्धान ब्युरो (सीआईबी)को समन्वयमा व्यवसायी भट्टलाई चैत १९ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।

त्यसपछि चैत २२ गते शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?