+
+
Shares

सेयर बजारमा १०४ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते १५:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुधबार सेयर बजारमा १०४ कम्पनीको मूल्य बढेको र १४९ कम्पनीको मूल्य घटेको छ।
  • नेप्से परिसूचक १.६४ अंक घटेर २७११ अंकमा झरेको छ र कारोबार रकम ३ अर्ब १९ करोड पुगेको छ।
  • फर्वाड माइक्रोफाइनान्सको मूल्य १३.७४ प्रतिशतले सबैभन्दा धेरै बढेको छ भने भगवती हाइड्रोपावरको मूल्य ८.९० प्रतिशतले घटेको छ।

२३ वैशाख, काठमाडौं । बुधबार सेयर बजारमा १०४ कम्पनीको मूल्य बढेको छ भने १४९ को घटेको छ । त्यस्तै १५ कम्पनीको मूल्य भने स्थिर रह्यो । समग्र बजारको परिसूचक नेप्से यस दिन जम्मा १.६४ अंक घटेको छ ।

अघिल्लो दिन नेप्से परिसूचक ८ अंक बढेको थियो । आजको कारोबारपछि नेप्से परिसूचक २७११ अंकमा झरेको छ । कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन ३ अर्ब ४३ करोडको कारोबार भएकोमा आज ३ अर्ब १९ करोडको भयो ।

सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.१६, फाइनान्स ०.१९, होटल तथा पर्यटन ०.२२, लगानी ०.४०, माइक्रोफाइनान्स ०.४८, निर्जीवन बीमा ०.१९ तथा अन्य ०.०३ प्रतिशत बढे । त्यस्तै विकास बैंक ०.५१, हाइड्रोपावर ०.४३, जीवन बीमा ०.३२, उत्पादन तथा प्रशोधन ०.५६ र व्यापार समूह ०.२५ प्रतिशत घटे ।

फर्वाड माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै १३.७४ प्रतिशत बढ्यो । अपर लोहोरेखोलाको ५.९५, तारागाउँ रिजेन्सीको ३.३८ प्रतिशत बढ्यो ।

भगवती हाइड्रोपावरको ८.९०, नारायणी डेभलपमेन्६को ७.२७ तथा मोदी इनर्जीको ४.१८ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, ङादी ग्रुप र अपर लोहोरेखोला जलविद्युत् कम्पनी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?