२३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सातवटै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला गर्ने भएको छ । प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति विश्वप्रकाश शर्माले बुधबार केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सो कुराको जानकारी दिएका छन् ।
शर्माले प्रस्तुत गरेको तालिकाअनुसार ती प्रदेशस्तरीय भेला वैशाख २६ गते धनगढीबाट सुरु भएर जेठ १५ गते रुपन्देहीमा अन्तिम हुने उल्लेख छ ।
कार्यतालिकामा सुदूरपश्चिम प्रदेशस्तरीय भेला वैशाख २६ र २७ गते धनगढीमा, वैशाख २८ र २९ गते कर्णाली प्रदेशस्तरीय भेला सुर्खेतमा, वैशाख ३१ र जेठ १ गते गण्डकी प्रदेशस्तरीय भेला पोखरामा, जेठ ४ र ५ गते बागमती प्रदेशस्तरीय भेला धुलिखेलमा र जेठ ६ र ७ गते मधेश प्रदेश स्तरीय भेला महोत्तरीको बर्दिवासमा हुनेछ ।
यस्तै जेठ ८ र ९ गते कोशी प्रदेश स्तरीय भेला सुनसरीको लौकीमा र जेठ १४ र १५ गते लुम्बिनी प्रदेश स्तरीय भेला रुपन्देहीको तिलोत्तमामा हुने भनिएको छ ।
प्रतिक्रिया 4