+
+
Shares

मैले गल्ती गरेको छैन, सोधे हुन्छ, खोजे हुन्छ : रास्वपा सांसद खरेल

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २४ गते १४:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद जगदिश खरेलले आफूविरुद्ध नियोजित प्रचार भएको भन्दै गल्ती नगरेको र डर नभएको बताएका छन्।
  • खरेलले सञ्चारमन्त्री हुँदा स्मार्ट टेलिकमको रकम हिनामिनाको आरोप अस्वीकार गर्दै सत्य सत्य नै हुने बताएका छन्।
  • उनी भ्रामक प्रचारले चरित्र र राजनीतिक भविष्यमा प्रहार नगर्न आग्रह गर्दै कानुनी उपचार खोज्ने बताएका छन्।

२४ वैशाख, काठमाडौं । पूर्वसञ्चारमन्त्री समेत रहेका रास्वपा सांसद जगदीश खरेलले आफूविरुद्ध नियोजित प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूले कुनै पनि गल्ती नगरेको र अलिकति पनि डर नभएको जिकिर गरेका छन् ।

सञ्चारमन्त्री हुँदा उनले स्मार्ट टेलिकमको अर्बौं रकम रकम हिनामिना गरेको भन्दै समाचारहरू प्रकाशित भएको थियो । तर, उनले आफूले उक्त गल्ती नगरेको भन्दै भ्रममा नपर्न शुभचिन्तकहरूलाई आग्रह गरेका छन् ।

‘गल्ती गरेको छैन । त्यसैले अलिकति पनि डर छैन । सोधे हुन्छ, खोजे हुन्छ, तर सत्य सत्य नै हुन्छ । मेरो इमान नै मेरो गन्तव्यको लागि पर्याप्त छ,’ सांसद खरेलले भनेका छन् ।

सुशीला कार्की नेतृत्वको सरकारमा मन्त्री रहेका खरेल हाल रास्वपाका सांसद छन् । उनी ललितपुर–२ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।

उनले आफूविरुद्ध भ्रामक, नियोजित तथा कपोल्कल्पित प्रहार भएको भन्दै चरित्र र राजनीतिक भविष्यमाथि प्रहार नगर्न आग्रह गरेका छन् ।

साथै, आफूले कानुनी उपचार खोज्ने पनि उनले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

यस्तो छ खरेलको प्रष्टोक्ति–

अहिले म माथि मिडिया ट्रायल भएको छ । केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मेरो नाम जोडेर नियोजित रूपमा ‘फेक न्युज’ फैलाइएको छ । कृपया भ्रममा नपर्नुहोला । अहिले म कार्यक्रमको सिलसिलामा  स्वीट्जरल्याण्डमा छु । गल्ती गरेको छैन । त्यसैले अलिकति पनि डर छैन । सोधे हुन्छ, खोजे हुन्छ, तर सत्य सत्य नै हुन्छ । मेरो इमान नै मेरो गन्तव्यको लागि पर्याप्त छ । यस्ता भ्रामक, नियोजित तथा कपोल्कल्पित प्रहारले मेरो चरित्र र राजनीतिक भविष्यमाथि प्रहार गर्छु भनेर नसोचे हुन्छ । बाँकी कानूनी उपचार खोज्ने छु…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?