+
+
Shares

प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न सुरु भयो संवैधानिक परिषद्को बैठक

सरकारको दोस्रोपटकको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेसँगै रिक्त संवैधानिक पदहरूमा नियुक्तिको बाटो खुलेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २४ गते १७:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको छ जसको मुख्य एजेन्डा प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्नु हो।
  • बैठकले ३३ औं प्रधानन्यायाधीश सिफारिस गर्नेछ र यसमा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, कानुन मन्त्री, विपक्षी दलका नेता र उपसभामुख सहभागी छन्।
  • सरकारको दोस्रोपटकको सिफारिसपछि राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेर रिक्त संवैधानिक पदहरूमा नियुक्तिको बाटो खुलेको छ।

२४ वैशाख, काठमाडौं । संवैधानिक परिषद्को बैठक सुरु भएको छ । बैठकको मुख्य एजेन्डा प्रधानन्यायाधीश नियुक्ति सिफारिस रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको बैठकले ३३ औं प्रधानन्यायाधीश सिफारिस गर्नेछ ।

प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदले गत चैत १८ गते प्रधानन्यायाधीश पदबाट अवकाश भएपछि बरिष्ठतम न्यायाधीशको रुपमा सपना प्रधान मल्ल कायम मुकायम (का.मु.) प्रधानन्यायाधीश छिन् ।

२६ फागुनमा न्याय परिषद्ले भावी प्रधानन्यायाधीशका लागि वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम पठाएको थियो ।

बैठकमा सहभागी हुनका लागि सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारी सहभागी छन् ।

रिक्त प्रधानन्यायाधीश सिफारिस गर्ने बैठकमा कामु प्रधानन्यायाधीशको साटो कानूनमन्त्री परिषदको सदस्यको हैसियतमा उपस्थित हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

सरकारको दोस्रोपटकको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेसँगै रिक्त संवैधानिक पदहरूमा नियुक्तिको बाटो खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?