२५ वैशाख, काठमाडौं । विहीबारको संवैधानिक परिषदलाई सिफारिसलाई लिएर सर्वोच्च अदालको फूलकोर्ट (सबै न्यायायाधीश सम्मिलित प्रशासनिक बैठक) बसेको छ । बैठकमा न्यायाधीशहरुले संवैधानिक परिषदको सिफारिसबारे आफ्ना धारणा राखेका छन् ।
संवैधानिक परिषदको विहीबारको बैठकले बरिष्ठता क्रमको चौथो नम्बरमा रहेका डा. मनोज कुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।
स्रोतका अननुसार तीन जना न्यायाधीशबाहेक सबैजसोले परिषदको सिफारिसले मुलुकको न्यायपालिकाको भलो नहुने र कालान्तरमा कार्यपालिकाको छायामा पर्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।
केही न्यायाधीशले भने तीन वर्ष पूरा गरेका न्यायाधीश प्रधानन्यायाधीशमा योग्य हुने संवैधानिक व्यवस्था रहेको र त्यस अनुसार भएको सिफारिसलाई अन्यथा भन्न नमिल्ने तर्क गरेका थिए ।
उनीहरुले सिफारिसमा केही कैफियत भए त्यसको परीक्षण गर्ने संसदीय सुनुवाइ समिति भएकाले अहिले नै प्रतिक्रिया दिन हतार गर्न नहुने सुझाव दिएका थिए । ती तीन न्यायाधीहरु को हुन् भन्ने खुलेको छ्रैन ।
प्रधानन्यायाधीशमा सिफारिस न्यायाधीश डा. मनोज शर्माले आफू गोला टिप्न पनि नभ्याउने भन्दै बैठकबाट छिट्टै निस्किएका थिए ।
आज बिहान बोलाइएको एकाएकको फुलकोर्टका कारण बिहान साढे नौ बजे नै सार्वजनिक हुने दैनिक पेशी सूची दुई घण्टा ढिलो गरी सार्वजनिक भएको छ ।
प्रतिक्रिया 4