+
+
Shares

भक्तपुरमा उत्पादित रायो सागमा भेटियो अत्यधिक विषादी

केन्द्रीय कृषि प्रयोगशालाले शुक्रबार कालीमाटी तरकारी बजारका १३ पसलको १३ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २५ गते १२:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको रायो सागमा ५५.७२३२ प्रतिशत अर्गानोफस्फेट विषादी भेटिएको छ।
  • केन्द्रीय कृषि प्रयोगशालाले १३ पसलका १३ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो।
  • सरकारले ४५ प्रतिशतभन्दा बढी विषादी भएको तरकारी उपभोगका लागि अयोग्य मानेको छ।

२५ वैशाख, काठमाडौं । मुलुककै ठूलो तरकारी तथा फलफूल बजार कालीमाटी तरकारी बजारमा भित्रिएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।

भक्तपुर मध्यपुर थिमि नगरपालिकाबाट बिक्रीका लागि शुक्रबार कालीमाटी बजार ल्याइएको रायो सागमा ५५.७२३२ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

केन्द्रीय कृषि प्रयोगशालाले शुक्रबार कालीमाटी तरकारी बजारका १३ पसलको १३ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो ।

परीक्षण क्रममा रायो सागमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त रायो साग उपभोग अयोग्य रहेको जनाइएको छ ।

सरकारले रोकावट प्रतिशत दर ३५ भन्दा कम हुँदा उपभोगयोग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाएको छ ।

यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?