News Summary
Generated by OK AI. Editorially reviewed.- जौन योञ्जनद्वारा निर्देशित फिल्म 'आँखा' ले अमेरिकामा आयोजना भएको वल्र्डफेस्ट ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा दुई रेमी अवार्ड जितेको छ।
- फिल्मले 'विदेशी फिचर' विधामा प्लेटिनम रेमी अवार्ड र 'निर्देशन–क्राफ्ट' विधामा गोल्ड अवार्ड जितेको आयोजक कमिटीले इमेलमार्फत जानकारी गराएको छ।
- यसअघि फिल्मले ६२औं एसिया प्यासिफिक फिल्म फेस्टिभलमा उत्कृष्ट चलचित्रको उपाधि जितेको थियो।
काठमाडौं । जौन योञ्जनद्वारा निर्देशित फिल्म ‘आँखा’ ले अमेरिकामा आयोजना भएको वल्र्डफेस्ट ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा दुई प्रतिष्ठित ‘रेमी अवार्ड’ जितेको छ ।
आयोजक कमिटीले इमेलमार्फत फिल्मले दुई विधामा अवार्ड जितेको आधिकारिक जानकारी गराएको हो । यस फिल्मले ‘विदेशी फिचर’ विधामा उत्कृष्ट हुँदै ‘प्लेटिनम रेमी अवार्ड’ र ‘निर्देशन–क्राफ्ट’ विधामा ’गोल्ड अवार्ड’ जितेको छ ।
सन् १९६१ मा स्थापना भएको यो फेस्टिभल विश्वकै सबैभन्दा पुरानो स्वतन्त्र चलचित्र महोत्सवमध्ये एक मानिन्छ । स्टिभन स्पिलबर्ग, जर्ज लुकास, डेभिड लिन्च र आङ ली जस्ता दिग्गज हलिउड निर्देशकले पनि आफ्नो करियरको सुरुवातमा यही महोत्सवबाट रेमी अवार्ड प्राप्त गरेका थिए ।
यसअघि यस फिल्मले ६२औं संस्करणको एसिया प्यासिफिक फिल्म फेस्टिभलमा ‘उत्कृष्ट चलचित्र’को उपाधि जितेको छ ।
सुकुम्वासी बस्तीमा जीवनयापन गरिरहेका सामान्य मानिसको कथा, सङ्घर्ष र यथार्थलाई मार्मिक रूपमा चित्रण गरेको यस फिल्ममा स्मिता लामिछाने, पशुपति राई, निशा अधिकारी, आरके मेहता, विजय बराल, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ ।
प्रतिक्रिया 4