+
+
Shares

खारेज गर्ने निर्णयविरुद्ध अदालत पुगे आठ विद्यार्थी संगठन

उनीहरूले विश्वविद्यालयहरुमा विद्यार्थी संगठन हटाउने सरकारको निर्णय कार्यान्वयन नगराउन माग गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २५ गते १६:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विद्यार्थी संगठनले विश्वविद्यालयमा संगठन खारेज गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
  • विद्यार्थी संगठनले संगठन कायम हुनुपर्ने र खारेज गर्ने निर्णय कार्यान्वयन नगराउन माग गरेका छन्।
  • आठ विद्यार्थी संगठनले सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयलाई विपक्षी बनाएर निवेदन पेस गरेका छन्।

२५ वैशाख, काठमाडौं । विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरुद्ध विद्यार्थी संगठनले सर्वोच्च अदालत पुगेका छन् ।

शुक्रबार संगठनले विद्यार्थी संगठन कायम हुनुपर्ने मागसहितको रिट लिएर सर्वोच्च पुगेका हुन् । उनीहरूले विश्वविद्यालयहरुमा विद्यार्थी संगठन हटाउने सरकारको निर्णय कार्यान्वयन नगराउन माग गरेका छन् ।

विचारका आधारमा संगठनमा आवद्ध हुन पाउने अधिकार संविधान प्रदत्त अधिकार भएको उनीहरूको दाबी छ । विद्यार्थी संगठनहरुको खारेज गर्ने सरकारी निर्णय स्वेच्छाचारी भएको उल्लेख गर्दै सरकारी निर्णय कार्यान्वयन नराउन अन्तरिम आदेशको माग गरिएको छ ।

आठ विद्यार्थी संगठनले सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयलाई विपक्षी बनाएर निवेदन पेस गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?