News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वप्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार दिउँसो सरकारी गाडी फिर्ता गरेकी छिन्।
- कार्कीले प्रयोग गरेको गाडीमा समस्या र अत्यधिक इन्धन खर्च देखिएपछि गाडी फिर्ता गरिएको हो।
- प्रेस सल्लाहकार राम रावलका अनुसार कार्कीसँग अहिले कुनै पनि सरकारी गाडी छैन।
२५ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारी गाडी फिर्ता गरेकी छिन् ।
उनले शुक्रबार दिउँसो गाडी फिर्ता गराएकी हुन् । कार्कीले प्रयोग गर्दै आएको गाडीमा समस्या आइरहेको र अत्यधिक इन्धन लाग्ने देखिएपछि गाडी फिर्ता गरिएको हो ।
कार्की प्रधानमन्त्री हुँदाका प्रेस सल्लाहकार राम रावलका अनुसार, अहिले कार्कीसँग कुनै पनि सरकारी गाडी छैन ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुँदा पाएको गाडीबारे भने कार्कीले चासो राखेकी छिन् ।
‘सर्वोच्च हुँदा नै उनले पाएको गाडी चाहिँ कहाँ छ ? भनेर उहाँले चासो राख्नुभएको थियो,’ रावलले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4