News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकका लागि ९७०१२५५५५५ नम्बरको मोबाइल नम्बर प्रयोगमा ल्याएको छ।
- महामन्त्री प्रदीप पौडेलले क्रियाशील सदस्यले उक्त नम्बरमा मिस कल गरेपछि समस्या सोधेर समाधान गर्ने बताए।
- कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले ६७४३ वटै वडामा सदस्यता अद्यावधिक उत्साहपूर्वक भइरहेको जानकारी दिए।
२६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक सहजीकरणका लागि मोबाइल नम्बर प्रयोगमा ल्याएको छ ।
कांग्रेसले सदस्यता अद्यावधिकको सहजताका लागि ९७०१२५५५५५ नम्बरको मोबाइल नम्बर प्रयोगमा ल्याएको हो ।
नेपाली कांग्रेसको क्रियाशील सदस्यता डिजिटल प्रणालीमा अध्यावधिक गर्ने कार्य देशैभरिका (६७४३ वटै) वडाहरूमा उत्साहपूर्वक भइरहेको विषय सर्वविदितै छ ।
क्रियाशील सदस्यहरूले उक्त नम्बर ‘मिस कल’ गरेमात्रै पुग्ने क्रियाशील सदस्यता छानबिन समिति संयोजक एवम् महामन्त्री प्रदीप पौडेलले बताए ।
‘क्रियाशील सदस्यले नम्बरमा मिस कल गर्नुहुन्छ । मिस कल गरेपछि हामीसँग रेकर्ड हुन्छ,’ उनले अनलाइनखबरसँग भने, ‘त्यो नम्बरमा हामी फोन गरेर समस्या सोध्छौं । समस्या सोधेर हल गर्दिन्छौं र वडा सभापतिलाई हामीले आफैं पठाइदिन्छौं ।’
कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गराउने प्रक्रियाका लागि ९७०१२५५५५५ नम्बरमा आफ्नो आधिकारिक मोबाइल नम्बर सूचीकृत गराउनका लागि एकपटक सम्पर्क गर्न भनेको छ ।
वडा सभापतिमार्फत् क्रियाशील सदस्यता अद्यावधिक गर्नका लागि सूचिकृत भएका नम्बरमार्फत् फारामभर्ने प्रक्रिया सहज र छिटो हुने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
‘नेपाली कांग्रेसको क्रियाशील सदस्यता डिजिटल प्रणालीमा अद्यावधिक गर्ने कार्य देशैभरिका (६७४३ वटै) वडाहरूमा उत्साहपूर्वक भइरहेको उनले बताए ।
प्रतिक्रिया 4