+
+
Shares

गगनलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको प्रश्न– देउवालाई किन टिकट नदिएको ?

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २६ गते १५:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सभापति गगन कुमार थापासँग देउवालाई टिकट नदिनुको कारण सोधेका छन्।
  • शाहले २३ र २४ वैशाखमा भएको देउवा र आरजु राणामाथि आक्रमण स्वभाविक हो कि अस्वभाविक भनेर प्रश्न गरे।
  • उनले कांग्रेसलाई एकताबद्ध बनाउन गगन थापालाई जिम्मेवार ठहराउँदै आगामी १० वर्षसम्म सभापति बन्नुपर्ने बताए।

२६ वैशाख, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवालाई टिकट नदिनुका कारणबारे वर्तमान सभापति गगनकुमार थापासँग प्रश्न गरेका छन् ।

कांग्रेसको जरा अभियानको क्रममा शनिबार धनगढीमा भएको सभामा सम्बोधन गर्दै उनले उनले जेनजी आन्दोलन, देउवा दम्पतिमाथिको कुटपिट र टिकट पाउनबाट बञ्चित भएको लगायतका विषयमा प्रश्न गरे ।

‘२३ र २४ गतेको शेरबहदुर देउवा र आरजु राणामाथि भएको आक्रमण स्वभाविक हो कि अस्वभाविक हुन् ? शेरबहादुर देउवालाई टिकट नदिने कुरा स्वभाविक हो वा अस्वभाविक ? त्यो भन्नुपर्छ,’ उनले सभापति थापासमक्ष भने ।

देउवालाई टिकट दिनबाट बञ्चित गराइनुको कारण सोध्दै उनले अब देउवाको स्थान के हुने ? भन्नेबारे पनि प्रश्न गरे ।

गगन थापालाई सभापति बनाउने र मान्ने कुरामा कुनै विमति नभएको बताउँदै सिंगो कांग्रेसलाई एकताबद्ध बनाउने जिम्मेवारी पनि सभापति थापाकै काँधमा रहेको उनको भनाइ छ ।

‘अबको १० बर्षसम्म सिंगो नेपाली कांग्रेसको सभापति गगन थापा हुनुपर्छ तर, तपाईंको कार्यसमितिभित्र पनि भाइरसहरू छन् तिनले तपाईंलाई समाप्त पार्नसक्छन्,’ उनले भने ।

साथै, उनले सिंगो नेपाली कांग्रेसलाई एक बनाएर अघि बढ्न सुझाव पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?