+
+
Shares

संविधानवाद र संवैधानिक नैतिकताभन्दा माथि कोही हुन सक्दैन : सपना प्रधान मल्ल

न्यायको अन्तिम गन्तव्य बनाउनुको साटो आफ्नै स्वार्थहरूको संरक्षण गर्न मुकुण्डो बनाउने कुशित प्रयासमा त लागिरहेका छैनौं ? भन्ने प्रश्न उठेको पनि उनले बताइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २६ गते १६:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानन्यायाधीश सपना प्रधान मल्लले संविधान, संविधानवाद र संवैधानिक नैतिकता भन्दा माथि कोही नहुने बताउनुभयो।
  • उनले संविधानको कार्यान्वयनका लागि उपयुक्त वातावरण बनाउनुको विकल्प नभएको उल्लेख गर्नुभयो।
  • मल्लले कानुनी राज्यको असमान प्रयोगको प्रयास भइरहेको छैन भन्ने प्रश्न उठेको बताउनुभयो।

२६ वैशाख, काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संविधान, संविधानवाद र संवैधानिक नैतिकता भन्दा माथि कोही पनि नहुने टिप्पणी गरेकी छिन् ।

कानुन दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानको कार्यान्वयनका लागि उपयुक्त वातावरण बनाउनुको विकल्प नभएको जिकिर गरिन् ।

‘निश्चय पनि संविधान, संविधानवाद र संवैधानिक नैतिकता भन्दा माथि कोही पनि छैन । कोही पनि हुन सक्दैन । संविधानको कार्यान्वयनका लागि उपयुक्त वातावरण बनाउनुको विकल्प पनि छैन,’ उनले भनेकी छिन् ।

तर, कानुनी राज्यको असमान प्रयोगको जग बसाल्न त प्रयास भइरहेको छैन भन्ने प्रश्न उठिरहेकोप्रति उनले चिन्ता व्यक्त गरिन् ।

‘कतै अख्तियारी र विधिको प्रयोगको बाहनामा संवैधानिक सर्वोच्चता, स्वतन्त्रता र न्यायको सार्वभौमसत्तामा यसका आधारहरू र प्रत्याभूतिहरू शिथिल र अर्कमण्य बनाएर आज्ञाकारी न्यायपालिकाको र कानुनी राज्यको असमान प्रयोगको जग बसाल्न त प्रयास भइरहेको छैन भन्ने प्रश्न अहिले उठिरहेको छ,’ मल्लले आफ्नो सम्बोधनको क्रममा भनिन् ।

साथै, न्यायको अन्तिम गन्तव्य बनाउनुको साटो आफ्नै स्वार्थहरूको संरक्षण गर्न मुकुण्डो बनाउने कुशित प्रयासमा त लागिरहेका छैनौं ? भन्ने प्रश्न उठेको पनि उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?