News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायको प्रतिस्थापन गर्न धराप थाप्ने दुष्प्रयासलाई सहने वातावरण बन्ने डर व्यक्त गरिन्।
- उहाँले संविधानलाई यथास्थितिमा राखेर यसको विरुद्धमा गरिने काम क्रान्ति वा परिवर्तन हुन नसक्ने बताइन्।
- प्रधानन्यायाधीश मल्लले संविधानको उल्लंघन गर्नेहरूलाई उत्तरदायी नबनाएसम्म संविधानको कार्यान्वयन सम्भव नरहेको उल्लेख गरिन्।
२६ वैशाख, काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले कुनै कारण बनाएर न्यायको प्रतिस्थापन गर्न धराप थाप्ने दुष्प्रयासलाई सहने वातावरण निर्माण होला भन्ने डर सिर्जना भएको जिकिर गरेकी छिन् ।
शनिबार कानुन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न नसकिने टिप्पणी गरिन् ।
‘आगामी दिनहरूसम्म कुनै कारणले पनि कुनै परिस्थितिमा सौदा गर्न नमिल्ने न्यायको प्रतिस्थापन गर्न सर्वकालीक आवश्यकताको विरुद्ध यो वा त्यो कारण बनाएर धराप थाप्ने दुष्प्रयासलाई सहने वातावरण निर्माण होला भन्ने डर पनि उठिरहेको छ,’ उनले भनेकी छिन् ।
उनले थप व्याख्या गर्दै भनिन्, ‘यदी यस्तो प्रवृत्तिलाई संवैधानिक, शासीय संरचनात्मक प्रक्रियाको कुनै पनि स्थितिमा ग्राह, सैह्य वा प्रतिरक्षात्मक स्थितिले काम गर्यो भने तत्कालको आफ्नो शक्तिको उन्मादमा सहन वा पुष्टि गर्न खोजियो भने पनि यसको अनिश्चियता बुझ्न सकिनेछ ।’
संविधानलाई यथास्थितिमा राखेर संविधानको विरुद्धमा गरिने काम क्रान्ति वा परिवर्तन हुन नसक्ने उनको भनाइ थियो ।
‘एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न सकिंदैन । संविधानलाई यथास्थितिमा राखेर संविधानको विरुद्धमा गरिने काम क्रान्ति वा परिवर्तन हुन सक्दैन । संविधानको विरुप पारेर संविधानको सरोकारवाला सञ्चालकको रुप सिंगार्न सकिंदैन,’ प्रधानन्यायाधीश मल्लले भनिन्, ‘संविधानको उल्लंघन गर्नेहरूलाई संविधानविरुद्ध उत्तरदायी नबनाएसम्म संविधानको बफादार कार्यान्वयन पनि हुन सक्दैन ।’
प्रतिक्रिया 4