२६ वैशाख, काठमाडौं । सुकुमवासी एवं अव्यवस्थित बसोबासीमाथि राज्यले दमन गरेको भन्दै श्रम संस्कृति पार्टीले विरोध प्रदर्शन गरेको छ ।
‘यो देश गरीबको पनि हो’ भन्दै श्रम संस्कृति पार्टीले शनिबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेको हो । सुकुमवासी एवं अव्यवस्थीत बसोबास प्रति राज्यले निर्मम ढंगले दमन गरेको श्रम संस्कृति पार्टीको भनाइ छ ।
प्रदर्शनमा सहभागीहरूले ‘भूमिहीनलाई पहिले व्यवस्थापन गर, मानवअधिकारका लागि एक हौ, कमजोर वर्गलाई संरक्षण गर्नु राज्यको दायित्व हैन र, भूमिहीनलाई भूमि दे’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
कुनै विकल्प र व्यवस्थापन नै नगरी सुकुमवासी एवं अव्यवस्थित बसोबासमाथि दमन गरेर राज्यले निरंकुश शैली देखाएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4