+
+
Shares

सुशीला कार्कीको आक्रोश– अब मलाई होइन, बालेनकी श्रीमतीलाई ‘आमा’ भन्नू

खासगरी संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा चौथो वरीयतामा रहेका डा. मनोजकुमार शर्मालाई नियुक्त गर्न सिफारिस गरेपछि कार्कीले असन्तुष्टी व्यक्त गर्दै आएकी थिइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २६ गते २०:४९
शनिबार कानुन दिवसको कार्यक्रममा सरिक हुने क्रममा सुशीला कार्की ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वप्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफूलाई 'आमा' सम्बोधन गर्नेप्रति आक्रोश व्यक्त गरेकी छिन्।
  • संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा चौथो वरीयतामा रहेका डा. मनोजकुमार शर्मालाई सिफारिस गरेपछि कार्कीले असन्तुष्टी जनाएकी छिन्।
  • कार्कीले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई सिफारिस नगर्नु गम्भीर गल्ती भएको बताएकी छिन् र सञ्चारकर्मीलाई 'आमा' सम्बोधनमा आपत्ति जनाएकी छिन्।

२६ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफूलाई ‘आमा’ सम्बोधन भन्ने गरिएकोप्रति आक्रोश व्यक्त गरेकी छिन् ।

खासगरी संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा चौथो वरीयतामा रहेका डा. मनोजकुमार शर्मालाई नियुक्त गर्न सिफारिस गरेपछि कार्कीले असन्तुष्टी व्यक्त गर्दै आएकी थिइन् ।

उनले परिषद्ले एक नम्बर वरीयतामा रहेकी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई प्रधानन्यायाधीश सिफारिस नगरेर सरकारले गम्भीर गल्ती गरेको बताउँदै आएकी छिन् ।

यसैबीच शनिबार काठमाडौंको राष्ट्रिय सभा गृहमा कानुन दिवसमा आयोजित कार्यक्रममा सरिक हुन कार्की पुगेकी थिइन् ।

उनी कार्यक्रम सकेर बाहिरिने क्रममा सञ्चारकर्मी दिवाकर साहले उनलाई ‘आमा’ सम्बोधन गरेर बोलाउँछन् ।

उनले उल्टै प्रतिप्रश्न गर्दै भन्छिन्, ‘को ले आमा भनेको ?’

साहले ‘मैले भनेको’ भन्छन् ।

यसैबीच कार्कीले आक्रोशमिश्रित भावमा भन्छिन्– तिमीहरूको आमा नै फेरिइसक्यो ।

लगत्तै साहले ‘केही फरक पर्दैन, आमा फेरिंदैन’ भन्दै माइक उनीतर्फ सोझ्याउँछन् ।

उनले आफूलाई आमा नभनी प्रधानमन्त्री बालेन शाहकी श्रीमती सविना काफ्लेलाई आमा भन्न आग्रह गर्छिन् । कार्कीले भन्छिन्, ‘बालेनको श्रीमतीलाई आमा भन, अब ।’

साहले फेरि ‘तपाईं देशकै आमा हो’ भन्न खोज्दा कार्की ‘होइन, होइन’ भन्दै हिंड्छिन् । साहले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?