News Summary
Generated by OK AI. Editorially reviewed.- साहस ऊर्जाको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक खुद नाफा १ अर्ब १८ करोड रुपैयाँ पुगेको छ।
- कम्पनीको नाफा गत आवको सोही अवधिको ८३ करोड ४१ लाख रुपैयाँबाट ४१ प्रतिशतले बढेको छ।
- विद्युत् बिक्री आम्दानी बढ्नु र वित्तीय लागत घट्नुले नाफामा सकारात्मक प्रभाव परेको छ।
२८ वैशाख, काठमाडौं । साहस ऊर्जाको नाफा ४१ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिमा कम्पनीको खुद नाफा १ अर्ब १८ करोड रुपैयाँ छ ।
गत आर्थिक वर्षमा तेस्रो त्रैमाससम्म कम्पनीको नाफा ८३ करोड ४१ लाख रुपैयाँ थियो । विद्युत् बिक्री आम्दानी बढ्नु र वित्तीय लागत घटेसँगै नाफामा सकारात्मक प्रभाव देखिएको हो । कम्पनीको बिक्री आम्दानी गत आव तेस्रो त्रैमाससम्म २ अर्ब १४ करोड रहेकोमा यो आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ३३ करोड रुपैयाँ छ ।
त्यस्तै घट्दो बैंक ब्याजदरका कारण कम्पनीको वित्तीय लागत घटेको छ । वित्तीय लागत गत आव तेस्रो त्रैमाससम्म ६२ करोड ९८ लाख रुपैयाँ रहेकोमा यो आवको सोही अवधिमा ४५ करोड २ लाख रुपैयाँमा झरेको छ ।
यसले कम्पनीको खुद नाफा बढाउन टेवा पुगेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ३४.४८ रुपैयाँ छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १७६.७४ रुपैयाँ छ । हाल बजार मूल्य प्रतिकित्ता ६३५ रुपैयाँ हाराहारीमा छ ।
प्रतिक्रिया 4