+
+
Shares

सबैभन्दा धेरै बेरुजु मधेस प्रदेशमा, बागमतीमा कम

मधेस प्रदेशको बेरुजु प्रतिशत ३.७७ छ । यस प्रदेशका १ सय ५० कार्यालयको ४९ अर्ब ६९ करोड बराबरको लेखा परीक्षण गरिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १ गते १७:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आर्थिक वर्ष २०८१/८२ मा मधेस प्रदेशमा सबैभन्दा धेरै ३.७७ प्रतिशत बेरुजु कायम भएको छ।
  • महालेखा परीक्षकको कार्यालयले मधेस प्रदेशका १ सय ५० कार्यालयको ४९ अर्ब ६९ करोड रुपैयाँ बराबर लेखा परीक्षण गरेको थियो।
  • सबैभन्दा कम ०.८३ प्रतिशत बेरुजु बागमती प्रदेशमा देखिएको छ, जहाँ २ सय ९ कार्यालयको ८३ अर्ब १५ करोड लेखा परीक्षण गरिएको थियो।

१ जेठ, काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा ७ प्रदेशमध्ये सबैभन्दा धेरै बेरुजु मधेसमा कायम भएको छ ।

महालेखा परीक्षकको कार्यालयका अनुसार यस वर्ष मधेस प्रदेशको बेरुजु प्रतिशत ३.७७ छ । यस प्रदेशका १ सय ५० कार्यालयको ४९ अर्ब ६९ करोड रुपैयाँ बराबरको लेखा परीक्षण गरिएको थियो । जसबाट १ अर्ब ८७ करोड बराबर बेरुजु देखिएको छ । जुन कुल लेखा परीक्षणको ३.७७ प्रतिशत हो ।

सबैभन्दा कम बागमती प्रदेशको ०.८३ प्रतिशत बेरुजु कायम भएको छ । बागमतीका २ सय ९ कार्यालयको ८३ अर्ब १५ करोड रुपैयाँ बराबर लेखा परीक्षण भएको थियो । जसबाट ६९ करोड ३७ लाख बेरुजु देखिएको छ ।

यसबाहेक कोशीका २ सय ८ कार्यालयको ५२ अर्ब ३८ करोड लेखा परीक्षणबाट ५५ करोड ५५ लाख बेरुजु कायम भएको देखिन्छ । जुन १.१२ प्रतिशत हो । गण्डकीका १ सय ८० कर्यालयको ४१ अर्ब ४५ करोड बराबर लेखा परीक्षण भएको थियो । यस प्रदेशको बेरुजु ५४ करोड ३ लाख कायम भएको छ ।

त्यस्तै लुम्बिनीका २ सय १४ कार्यालयको ५७ अर्ब २० करोडको लेखा परीक्षण भएको छ । जसबाट ६३ करोड ३२ लाखको बेरुजु कायम भएको छ । जुन १.२७ प्रतिशत हो ।

कर्णालीका १ सय ३७ कार्यालयको ३७ अर्ब १९ करोडको लेखा परीक्षणबाट ७० करोड बराबरको बेरुजु कायम भएको छ । जुन २.०८ प्रतिशत हो ।

उता, सुदूरपश्चिमका १ सय ५९ कार्यालयमा ३९ अर्ब ४९ करोडको लेखा परीक्षण गरिएको थियो । जसबाट ५५ करोड ५९ लाख बराबरको बेरुजु भएको छ । यो १.५३ प्रतिशत बराबर हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?