१२ असोज, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले विजया दशमीको दिन सर्वसाधारणलाई दसैंको टीका लगाइदिने भएका छन् ।
१७ गते दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाउने समय तोकिएको छ । राष्ट्रपतिले अघिल्ला वर्षहरुमा पनि विजया दशमीको दिन सर्वसाधारणलाई दसैंको टीका लगाइदिने गरेका थिए ।