+
+
Shares

चितवनमा जंगली च्याउ खाँदा थप एक जनाको मृत्यु   

चितवनमा जंगली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।

रासस रासस
२०८३ जेठ ३ गते १३:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ।
  • मृत्यु हुनेमा ९ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङ रहेका छन्।
  • १३ वर्षीया मनिता चेपाङको अवस्था गम्भीर छ र उनी भरतपुर अस्पतालमा उपचाररत छिन्।

३ जेठ, चितवन । चितवनमा जंगली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । इच्छाकामना गाउँपालिका–१ कुलबाङगका दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ९ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार नमुनाको जेठ १ गते मृत्यु भएको हो भने सञ्जयको शनिबार राति उपचारका क्रममा मृत्यु भएको हो ।

२९ वैशाखमा श्यामबहादुर चेपाङको पाँच जना परिवारले जंगली च्याउ खाएका थिए । जसमध्ये तीन जना १ जेठमा बिरामी परी उपचारका लागि भरतपुर अस्पताल ल्याइएको हो ।

उपचारका क्रममा नमुनाको मृत्यु भएको थियो । १३ वर्षीया मनिता चेपाङको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

बिरामी मनिताको अवस्था गम्भीर रहेको उनले जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?