+
+
Shares

सुन्धारा कारागारबाट भागेकी जन्मकैद सजाय तोकिएकी महिला पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते ८:०२

३ जेठ, काठमाडौं । सुन्धारा कारागारबाट मध्यराति भागेकी नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना तामाङ पक्राउ परेकी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले असनबाट पक्राउ गरेको हो ।

जन्मकैदको सजाय तोकिएकी तामाङ शुक्रबार राति १ बजे कारागारबाट फरार भएकी थिइन् । भुईँमा केही वस्तु ओछ्याएर पर्खाल नाघेर भागेको देखिएको कारागार प्रशासनले जनाएको थियो ।

तामाङ उनी चोरी र कर्तव्य ज्यानको कसुरमा जन्मकैदको फैसला भएपछि कैद भुक्तान गर्दै आएकी थिइन् । यसअघि जेनजी आन्दोलनको बेलामा पनि फरार भएकी उनी २ महिनापछि पक्राउ परेकी थिइन् । यसपटक भागेको तीन दिनमै पक्राउ परेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?