News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि सूचना तथा सञ्चार मन्त्रालयले खुला प्रतिस्पर्धा घोषणा गरेको छ।
- अध्यक्ष पदका लागि ३२ जनाले आवेदन दिएका छन् जसमा रोहित रौनियार, नगेन्द्र कुमार दास र राकेश ताम्राकार पनि छन्।
- सदस्य पदमा कानूनका लागि ४, लेखा सदस्यमा ९, बजार व्यवस्थापनमा ५ र प्रशासन तथा प्राविधिक सदस्यमा १५ जनाले आवेदन दिएका छन्।
७ जेठ, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न ३२ जनाको आवेदन परेको छ । सूचना तथा सञ्चार मन्त्रालयले मागेको खुला प्रतिस्पर्धाका लागि सो संख्यामा आवेदन परेको मन्त्रालयले जनाएको छ ।
जसमा रोहित रौनियार, नगेन्द्र कुमार दास, राकेश ताम्राकार, सरोज कुमार शर्मा, प्रदीप कुमार श्रेष्ठ, सुभाष साहको आवेदन परेको छ । यसैगरी सुशील प्रसाद साह, अनिल कुमार झा, नरेन्द्र मान सिं महर्जन, अमलेन्दु नारायण सिंह, नविन जिसी, महेन्द्र प्रसाद पाण्डेय, डा. शैलेन्द्र गिरी, बुद्धि प्रसाद आचार्य, अर्जुन घिमिरे, जनादएन भट्ट, अनन्त मान सिंह, मधुसुदन दाहालले समेत आवेदन दिएका छन् ।
साथै दिपक राज लुइँटेल, श्रीकृष्ण सुवेदी, सनाउल्लाह खान, डा. भोजराज घिमिरे, सुनिल कुमार मिश्र, अम्बर स्थापित, पंकज कुमार दास, कृष्ण राम धुँजु, दिपक राज उप्रेती, माधव अधिकारी, नविन कुमार कर्ण, दिपेश शिवाकोटी र डा. राजिब सुब्बाले आवेदन दिएको मन्त्रालयले जनाएको छ ।
यसैगरी सदस्य (कानून) पदमा ४ जनाको आवेदन परेको मन्त्रालयले जनाएको छ । जसमा अमृत कुमार रुपाखेती, विनोद आचार्य, श्रीकृष्ण सुवेदी र असगरुल हक छन् । लेखा सदस्यमा ९ जनाको आवेदन परेको छ । बजार व्यवस्थापन सदस्यमा ५ र प्रशासन र प्राविधिक सदस्यमा १५ जनाको आवेदन परेको छ ।
प्रतिक्रिया 4