७ जेठ, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ चीन भ्रमणमा जाने भएका छन् । उनी मे २३ देखि २६ सम्म चारदिवसीय चीन भ्रमणमा जान लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।
चीन पुगेर प्रधानमन्त्री सरिफले चिनियाँ राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली कियाङलगायतसँग भेटवार्ता गर्ने भनिएको छ । चिनियाँ प्रधानमन्त्रीको निमन्त्रणामा पाकिस्तानी प्रधानमन्त्रीको बेइजिङ भ्रमण तय भएको चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता गु जियाकुनले पनि पुष्टि गरेका छन् ।
प्रवक्ता जियाकुनका अनुसार सो भ्रमणका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, हित र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दामा संवाद हुने तय भएको छ ।
यसअघि पहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र त्यसपछि रुसी राष्ट्रपति भ्लादिमिरि पुटिनले पनि भर्खरै बेइजिङको भ्रमण गरेका थिए । उनीहरू लगत्तै बेइजिङले पाकिस्तानी प्रधानमन्त्री सरिफलाई निमन्त्रणा गरेर बोलाएको हो ।
प्रतिक्रिया 4