News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको सचिवालय बैठकमा चार उपाध्यक्षले पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको प्रस्ताव राखेका छन्।
- अध्यक्ष केपी शर्मा ओली पक्षमा रामबहादुर थापा मात्र उभिएका छन् र ओलीले पदाधिकारीलाई निर्देशन दिएका छन्।
- उपाध्यक्ष गोकर्ण बिष्टले सबैले पद त्यागेर पार्टी जोगाउनुपर्ने र निर्मम समीक्षा गर्नुपर्ने सुझाव दिएका छन्।
९ जेठ, काठमाडौ । नेकपा एमालेको आजको सचिवाल बैठक अर्थपूर्ण बन्दैछ । शुक्रबार बसेको सचिवालय बैठकमा उपाध्यक्षहरुले राखेको प्रस्ताव र अध्यक्ष केपी शर्मा ओलीको अडानका कारण पनि आजको बैठक महत्वपूर्ण हुने नेताहरु बताउँछन् ।
हिजो चार जना उपाध्यक्षले एकमतका सथ पार्टी पुनर्गठनको प्रस्ताव राखेका थएि । उपाध्यक्षहरु विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण बिष्ट र रघुजी पन्तले नेतृत्व परिवर्तनको निष्कर्ष सुनाएका थिए ।
अध्यक्ष ओलीका पक्षमा भने रामबहादुर थापा मात्रै उभिएका छन् । नेतृत्वको रक्षा गर्नुपर्ने बेला परिवर्तनको प्रस्ताव अगाडि बढाउन नहुने थापाको प्रस्ताव थियो । ओलीले पनि थापाकै लाइनअनुसार नेताहरु उभिनुपर्ने निर्देशन दिएका थिए ।
‘हिजोको बैठक सकिदै गर्दा केपी ओलीले महासचिव, उपमहासचिव र सचिवहरुलाई तर्साउनेगरी निर्देशन दिनुभएको थियो,’ एक पदाधिकारी भन्छन्, ‘पृथ्वीसुब्बा गुरुङले त्यसको प्रतिवाद त्यही गर्नुभयो । तर बोल्न बाँकी पदाधिकारीहरु कता उभिन्छन् आज देखिनेछ ।’
उपाध्यक्षहरुमा देखिएकै प्रवृत्ति बाँकी पदाधिकारीमा देखिए ओलीको पद संकटमा पर्नेछ । ‘उहाँलाई साथ दिदै आएका पदाधिकारीहरुले राजीनामा माग्ने स्थिति आएको छ । उपाध्यक्षहरुमा जस्तै बाँकी पदाधिकारीमा पनि केपी ओलीको विकल्प खोज्नेगरी बोल्ने अनुमान छ,’ उनी भन्छन् ।

शुक्रबार राजीनामा शब्द उच्चारण नगरेपनि उपाध्यक्षहरुले बुझिनेगरी मार्गप्रशस्त गर्न ओलीलाई सुझाव दिइएको छ । उपाध्यक्ष गोकर्ण बिष्टले सबैले पद त्यागेर भएपनि एमाले जोगाउनुपर्ने सुझाव राखेका थिए ।
‘पर्यो भनेर मेरो ठाउँ त्याग्न तयार छु । हामी सबैले पद त्याग्न पनि तयार हुनुपर्छ,’ उपाध्यक्ष बिष्टको प्रस्ताव थियो, ‘दक्षिणपन्थी अवसरवादविरुद्ध लड्ने भनेर हिडेको हामी कहाँ चुक्यौ । निर्मन समीक्षा गर्नुपर्छ ।’
उपाध्यक्ष बिष्टले पार्टीका हरेक तहका नेताले आवश्यक पर्दा त्याग गर्न तयार छु भन्ने भावना बोकेर पार्टी पुनर्गठन गर्नुपर्ने बताएका थिए । उपाध्यक्ष विष्णुप्रसाद पौडेलले ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाएर गल्ती भएको निष्कर्ष सुनाएका थिए ।
विगतका कमजोरी खोतल्ने क्रममा उपाध्यक्ष पौडेले २३ भदौमा प्रधानमन्त्री पदबाट राजीनामा नदिएर ओलीले गल्ती गरेको पनि तर्क गरेका थिए । ‘२३ गते बेलुकी राजीनामा दिएको भए आज राजनीति यहाँ आइपुग्थेन,’ पौडेलले भनेका थिए ।
प्रतिक्रिया 4