News Summary
Generated by OK AI. Editorially reviewed.- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले थप तीनवटा सहकारीका १,७७० जना ऋणीको नाम सार्वजनिक गरेको छ ।
- समितिद्वारा सार्वजनिक सूचीमा घेदुङ, नागरिक कल्याण र आइडियल यमुना बहुउद्देश्यीय सहकारीका ऋणीहरू रहेका छन् ।
- सम्बन्धित ऋणीहरूलाई यथाशीघ्र सम्पर्क गरी ऋण चुक्ता गर्न र नगरे कानून बमोजिम असुली प्रक्रिया अगाडि बढाउन समितिले निर्देशन दिएको छ ।
१२ जेठ, काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त थप ३ सहकारीका ऋणीको नाम सार्वजनिक गरेको छ ।
समितिका अनुसार समस्याग्रस्त घोषित ३ वटा सहकारीका १ हजार ७ सय ७० जना ऋणीहरूको नाम सार्वजनिक गरिएको हो ।
समितिले आज घेदुङ बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी र आइडियल यमुना बहुउद्देश्यीय सहकारीका ऋणीहरूको नाममा सार्वजनिक गरेको हो ।
समितिले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनेको छ । अन्यथा कानुन बमोजिम असुली गरिने जनाएको छ ।
साथै अन्य ऋणीहरूको नामावली समेत क्रमिकरुपमा प्रकाशित हुने भएकाले ऋणीहरूले कार्यालयमा यथाशीघ्र सम्पर्क गरी ऋण तिर्न निर्देशन दिएको छ।
समितिले समस्याग्रस्त सहकारीका ऋणीहरुको नाम सार्वजनिक गर्दै आएको छ । यसअघि गौतमश्री र ओरियन्टल सहकारीका ऋणीको विवरण सार्वजनिक भइसकेको छ ।
प्रतिक्रिया 4