News Summary
Generated by OK AI. Editorially reviewed.- बैतडीको मेलौली नगरपालिका क्षेत्रमा मंगलबार अपराह्न परेको भारी असिनाका कारण भर्खरै लगाएको मकैबाली पूर्ण रूपमा नष्ट भएको छ ।
- नगर प्रमुख भीम चन्दले, "एक्कासी भारी मात्रामा असिना वर्षिएको हो, बालीनालीमा क्षति भएको आकलन गर्न सकिन्छ, क्षतिबारे बुझ्दैछौं" भन्नुभयो ।
- वडा अध्यक्ष शरद नेगीले, "हालसालै मकै छरेका थिए, पूरै सखाप छ, अब दोस्रो पटक लगाउनु पर्ने अवस्था आयो" भन्नुभयो ।
१२ जेठ, बैतडी । बैतडीको मेलौली क्षेत्रमा भारी असिना परेको छ । मंगलबार अपराह्न साढे ४ बजेदेखि मेलौली नगरपालिका क्षेत्रमा भारी असिना परेको हो ।
मेलौली नगरपालिकाका नगर प्रमुख भीम चन्दका अनुसार मेलौली वडा नम्बर १, ५, ६ र ७ लगायतका क्षेत्रमा भारी असिना परेको हो ।
‘एक्कासी भारी मात्रामा असिना वर्षिएको हो, बालीनालीमा क्षति भएको आकलन गर्न सकिन्छ, क्षतिबारे बुझ्दैछौं,’ नगर प्रमुख चन्दले भने ।
हिउँ समेत नपर्ने यस क्षेत्रमा असिनाले सेताम्य बनेको चन्दले बताए ।
भारी असिना परेकाले हालसालै लगाएको मकैबालीमा क्षति पुगेको मेलौली-१ का वडा अध्यक्ष शरद नेगीले बताए ।
‘हालसालै मकै छरेका थिए, पूरै सखाप छ, अब दोस्रो पटक लगाउनु पर्ने अवस्था आयो,’ अध्यक्ष नेगीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4