+
+
Shares

रास्वपा परित्याग गरेकी ममता शर्मालाई कांग्रेसले बनायो केन्द्रीय सदस्य

शर्मा रास्वपाको मधेश प्रदेशको संस्थापक सभापति थिइन् । चुनावका बेला उनी रास्वपा विधि र विधानविपरीत चलेको भन्दै पार्टी परित्याग गरेर कांग्रेस प्रवेश गरेकी थिइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते १९:४३

१२ जेठ, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनताका रास्वपा परित्याग गरेर नेपाली कांग्रेस प्रवेश गरेकी ममता शर्मालाई सभापति गगन थापाले केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।

मंगलबार सभापति थापाले शर्मालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका हुन् ।  कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले शर्मा केन्द्रीय समिति सदस्य मनोनीत भएको जानकारी दिए ।

शर्मा रास्वपाको मधेश प्रदेशको संस्थापक सभापति थिइन् । चुनावका बेला उनी रास्वपा विधि र विधानविपरीत चलेको भन्दै पार्टी परित्याग गरेर कांग्रेस प्रवेश गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?