+
+
Shares

राजतन्त्रविरुद्ध भ्रम फैलाएको भन्दै मलेसियाले टिकटकसँग माग्यो स्पष्टीकरण

संवैधानिक राजतन्त्र भएको मुलुक मलेसियामा सन् १९४८ मा पारित राजद्रोह कानुनअन्तर्गत राजपरिवारविरुद्ध ‘घृणा वा अपमान’ फैलाउने खालका अभिव्यक्तिलाई दण्डनीय मानिन्छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते २०:४४

मलेसियाको इन्टरनेट नियामक निकायले राजतन्त्रका विरुद्ध राखिएका आपत्तिजनक र भ्रामक सामग्रीहरूमाथि कारबाही गर्न टिकटकलाई निर्देशन दिएको छ।

मलेसियाली सञ्चार तथा मल्टिमिडिया आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै राजा सुल्तान इब्राहिमसँग जोडिएको दाबी गरिएको एउटा नक्कली अकाउन्टलाई लिएर टिकटकलाई ‘तत्काल सुधारात्मक कदम’ चाल्न निर्देशन दिएको जनाएको छ।

मलेसियाली सञ्चार तथा मल्टिमिडिया आयोगका अनुसार उक्त सामाजिक सञ्जाल कम्पनीले आफ्नो कन्टेन्ट मडरेसन (सामग्री परिमार्जन) नीतिलाई सुदृढ गर्नुपर्नेछ। साथै, आर्टिफिसियल इन्टेलिजेन्सद्वारा निर्मित भिडियो र तोडमरोड गरिएका तस्बिरहरू सहितका ‘अत्यन्तै आपत्तिजनक, झुटा, धम्कीपूर्ण र अपमानजनक’ सामग्रीहरूलाई रोक्न असफल हुनुको ‘औपचारिक स्पष्टीकरण’ दिन समेत निर्देशन दिइएको छ।

नियामक निकायले अनलाइन प्लेटफर्महरू झुटा र सार्वजनिक व्यवस्थामा खलल पुर्‍याउने सामग्रीहरू फैलाउन प्रयोग भइरहेको विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ, विशेष गरी जब ती सामग्रीहरू राजतन्त्रसँग जोडिएका छन्।

यसअघि पठाइएका सूचनाहरूमा टिकटकको प्रतिक्रिया सन्ताेषजनक नपाइएपछि यो कडा निर्देशन जारी गरिएको आयोगले भनेको छ।

चिनियाँ प्रविधि कम्पनी बाइटडान्सद्वारा स्थापित टिकटकले यस विषयमा टिप्पणीका लागि गरिएको अनुरोधको तुरुन्तै कुनै जवाफ दिएको छैन ।

संवैधानिक राजतन्त्र भएको मुलुक मलेसियामा सन् १९४८ मा पारित राजद्रोह कानुनअन्तर्गत राजपरिवारविरुद्ध ‘घृणा वा अपमान’ फैलाउने खालका अभिव्यक्तिलाई दण्डनीय मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?